उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं, ३ वैशाख । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।