राष्ट्रिय फुटबलको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३० खेलाडी

काठमाडौँ, १५ वैशाख । हङकङसँगको मैत्री खेल र एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि प्रशिक्षक म्याट रोसले सोमबार ३० जना खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ । त्यसपछि जुन १० मा नेपालले लाओससँग एसियन कप क्वालिफायरको अवे खेल खेल्नेछ ।

प्रारम्भिक टिम ः
किरण चेम्जोङ (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, जिलेस्पीजंग कार्की, कृतिशरत्न छुन्जु, कुलदीप कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, नीरजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजजिउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *