यस्ताे कारणले हुनसकेन रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ

काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ बुधबारका लागि स्थगित भएको छ।

सर्वोच्च अदालतले उक्त रिटको सुनुवाइ स्थगित गरेको हो। इजलासमा रहेका न्यायाधीशद्वय डा. नहकुल सुवेदी संवैधानिक इजलासमा र बालकृष्ण ढकाल छुट्टै इजलासमा व्यस्त भएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासले रिटलाई बुधबारका लागि ‘हेर्दाहेर्दै’मा राख्दै निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको थियो।

तर, बुधबार न्यायाधीशहरूको व्यस्तताका कारण पेशी स्थगित गरिएको हो। सर्वोच्च अदालतले अर्को सुनुवाइको मिति भने तोकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *