पुलिसको चौथो जित, आर्मी र कर्णाली विदा
पोखरा, १२ जेठ । नवौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगअन्तर्गत महिलातर्फ गत विजेता नेपाल पुलिस क्लबले चौथो जित हात पारेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा पुलिसले सोमबार त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले हरायो । यो नतिजापछि आर्मी क्लब लिग चरणबाटै बाहिरियो ।
अर्को खेलमा एभरेस्ट भलिबल क्लबलले कर्णाली प्रदेशलाई २५–१४, २५–७, २५–२० ले पराजित गर्यो । कर्णाली पनि लिग चरणबाटै विदा भएको छ । महिला भलिबलमा पुलिस, टिप टप न्यु डायमन्ड स्पोर्टस्, नेपाल एपिएफ क्लब र एभरेस्ट शीर्ष चार स्थानमा छन् ।
पुरुष भलिबलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१३, २५–२० र २५–२० ले हराएर पाँचौा जित निकाल्यो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई २१–२५, २५–१९,२५–२१ र २५–२० ले हराएर तेस्रो जित प्राप्त गरयो ।