युभेन्टसको फराकिलो जित
क्यालिफोर्निया, ५ असार । क्लब विश्वकप फुटबल प्रतियोगतामा बिहिबार इटालीको युभेन्टसले संयुक्त अरब इमिरेट्सको क्लबलाई ५–० ले हराएको छ ।
समूह जीअन्तर्गत भएको सो खेलमा युभेन्टसका लागि रान्डाल कोलो मुवानी र फ्रान्सिस्को कोन्सिकाओले दुई–दुई गोल गरे । एक गोल केनान यिल्डिजको नाममा थियो । ३६ पटक इटालीको च्याम्पियन बनसकेको युभेन्टसका लागि आज दुई गोल गर्ने मुवानी पेरिस सेन्ट जर्मनबाट भाँडामा युभेन्टसमा आवद्ध भएका हुन् । खेलको ५८ औँ मिनेटमा कोन्सिकाओले पुनः गोल गरेपछि स्कोर ५–० भयो ।
तस्बिर साभारः एपी