रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौं, १६ असार । निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति घोषणा गरेको छ ।

आयोगको आज बसेको बैठकले आगामी कात्तिक १७ गते आइतबारका दिन मतदान गर्ने गरी उपनिर्वाचनको मिति तोकेको हो ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैठकको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो ।

यसैगरी, आयोगले देशभरका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरूमा पनि आवश्यकताअनुसार सोही मिति, अर्थात् कात्तिक १७ गते नै उपनिर्वाचन गराउने निर्णय गरेको छ ।
तर, प्रदेश सभातर्फ गण्डकी प्रदेशको मनाङमा रिक्त रहेको सिटको हकमा भने आयोगले हाल कुनै निर्णय गरेको छैन ।