खेलकुद मन्त्रालयले पठाएको खेल सूची दर्ता भएन
काठमाडौँ, १८ असार । युवा तथा खेलकुद मन्त्रालयले जापानको आइची नागोयामा हुने २० औँ एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि पठाएको ३१ खेल सुची दर्ता नभएको पाइएको छ ।
खेलकुद मन्त्रालयले मङगलबार तोकिएको समयसीमाभित्र ३१ खेलको सूची दर्ता गरेको जानकारी दिएको थियो । तर २०औं एसियन गेम्स खेल आयोजक कमिटी ले ओलम्पिक कमिटीबाहेक अन्य स्थानबाट गरिएको खेल दर्ता मान्य नहुने जानकारी पत्र मार्फत् गराइएको छ । सो पत्रमा नेपाल ओलम्पिक कमिटीबाटै खेल दर्ताको समयसीमाभित्र खेलको सूची प्राप्त भइसकेको पनि उल्लेख गरिएको छ ।