अस्ट्रेलियालाई टेस्ट शृङ्खला

सेन्ट जर्ज (ग्रेनाडा) । अस्ट्रेलियाले सोमबार वेट इन्डिजलाई १३३ रनले हराएर दोस्रो टेस्टमा जित हासिल गरेको छ । पहिलो टेस्ट पनि जितेको अस्ट्रेलियाले लगातार जितसँगै तीन खेलको शृङ्खला कब्जा गर्यो ।

खेलको चौथो दिन वेस्ट इन्डिज ३४.३ ओभरमा १४३ रनमा अलआउट भएपछि अस्ट्रेलियाले खेल जितेको हो । अस्ट्रेलियाले दोस्रो पालिमा २४३ रन बनाएर घरेलु टिम वेस्ट इन्डिजलाई खेल जित्न २७७ रनको लक्ष्य दिएको थियो ।

यसअघि पहिलो पालिमा अस्ट्रेलयाले २८६ र वेस्ट इन्डिजले २५३ रन बनाएका थिए । सो खेलमा पहिलो पालिमा ६३ र दोस्रो पालिमा ३० रन बनाउने अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी म्यान अफ दि म्याच बने ।