राष्ट्र बैंकले ल्यायो खुकुलो मौद्रिक नीति: ब्याजदर घट्यो, शेयर कर्जाको सीमा बढ्यो (पूर्णपाठ)
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि अर्थतन्त्रलाई राहत दिने लक्ष्यसहित खुकुलो मौद्रिक नीति सार्वजनिक गरेको छ।
शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने र शेयर धितो कर्जाको सीमा बढाउने घोषणा गर्नुभएको हो।
नीतिले समग्र ब्याजदर घटाउने संकेत गरेको छ। राष्ट्र बैंकले नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ। त्यसैगरी, ब्याजदर करिडोर अन्तर्गत बैंकदरलाई ६.५% बाट घटाएर ६.०% र निक्षेप संकलन दरलाई ३.०% बाट घटाएर २.७५% निर्धारण गरिएको छ।
शेयर बजारका लगानीकर्तालाई राहत दिँदै एकल ग्राहकले लिन पाउने शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ।
मौद्रिक नीतिले सरकारको ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ। यसका लागि मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा सीमित राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिइएको छ। यस्ताे छ पूर्णपाठ