ज्ञानेन्द्र मल्ल कर्णाली याक्सको प्रशिक्षकमा निरन्तर

काठमाडौँ, असार ३० गते । एनपिएल टिम कर्णाली याक्सले सोमबार राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई दोस्रो नेपाल प्रिमियर लिगका लागि प्रशिक्षक र क्रिकेट निर्देशकमा निरन्तरता दिएको छ ।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत् सो जानकारी दिँदै मल्लको प्रशिक्षणमा टिमले उच्चस्तरको प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ । मल्लको प्रशिक्षणम कर्णालीले पहिलो संस्करणमा प्लेअफको यात्रा तय गरेको थियो । यसअघि, कर्णालीले मार्की खेलाडी सोमपाल कामी तथा अन्य खेलाडी गुलसन झा, नन्दन यादव, विपिन शर्मा, दिपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरिसकेको छ । पहिलो संस्करणमा भारतका शिखर धवनले पनि कर्णाली याक्सबाट खेलेका थिए ।