भारतविरुद्धको तेस्रो टेस्टमा इङगल्यान्डको रोमाञ्चक जित
लर्ड्स, असार ३० गते । इङगल्यान्डले सोमबार भारतलाई तेस्रो टेस्टमा २२ रनले हराएको छ । यस नतिजासँगै । घरेलु टिम इङ्गल्यान्ड पाँच खेलको शृङ्खलामा २–१ ले अगाडि भयो । यसअघि, इङगल्यान्डले पहिलो र भारतले दोस्रो टेस्ट जितेका थिए ।
दुवै टिमले पहिलो पालिमा समान ३८७ रन बनाएपछि तेस्रो टेस्ट विशेष बनेको थियो । त्यसपछि इङगल्यान्डको दोस्रो पालि मात्र १९२ रनमा सकियो । तर भारत पाँचौँ तथा अन्तिम दिन सामान्य लक्ष्य पछ्याएको क्रममा १७० रनमा अलआउट भयो । भारतले अन्तिम दिन भोजन समयअघि नै ११२ रनमा आठ विकेट गुमाइसकेको थियो । रविन्द्र जडेजाले पुछारका दुई ब्याट्सम्यान जस्प्रित बुमराह र मोहम्मद सिराजसँग मिलेर भारतको सम्भावना कायम राखे ।
स्पीनर शोयब बसिरले सिरजालाई बोल्ड गरेपछि इङगल्यान्डले रोमाञ्चक जित हात पार्यो । बुमराहले ५४ बलमा पाँच र सिराजले ३० बलमा चार रन बनाएर जडेजालाई उचित साथ दिएका थिए । जडेजा ६१ रन बनाएर आउट भएनन् ।
सो खेलमा अलराउन्ड प्रदर्शन गर्ने इङगल्यान्डका कप्तान बेन स्टोक्स म्यान अफ दि म्याच बने ।
तस्बिर सौजन्यः एपी