गुल्मीका मूर्तिकार हरिरामको साधनालाई राष्ट्रिय सम्मान, ‘प्रादेशिक प्रतिभा पुरस्कार’ प्रदान

काठमाडौँ, ३ साउन । दशकौंदेखि  ढुङ्गा,धातु र काठमा जीवन भर्दै आएका गुल्मीका मूर्तिकार हरिराम अधिकारीको कलासाधनालाई राष्ट्रले सम्मान गरेको छ।

सरकारले उहाँलाई ललितकला विधामा ‘प्रादेशिक प्रतिभा पुरस्कार–२०८१’ प्रदान गर्दै उहाँको योगदानको उच्च कदर गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले अधिकारीलाई सम्मानपत्र र पुरस्कार हस्तान्तरण गर्नुभयो।

इस्मा गाउँपालिकाको माटोमा जन्मेका अधिकारीले आफ्नो सिर्जनामार्फत नेपाली पहिचानलाई विश्वसामु पुर्‍याउनुभएको छ। यो सम्मानले कला क्षेत्रमा जीवन समर्पित गर्ने स्रष्टाहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको छ।

उहाँजस्तै अन्य छ प्रदेशका कला तथा साहित्य क्षेत्रका प्रतिभाहरूलाई पनि सोही मञ्चमा सम्मान गरिएको थियो, जसले मुलुकको विविधतापूर्ण सांस्कृतिक सम्पदालाई उजागर गरेको छ।

अन्य प्रदेशबाट सम्मानित हुनेहरू:
कोशी: हिम्मतबहादुर लिम्बु (मूर्तिकला)
मधेश: गीता कुमारी ठाकुर (मिथिला लोककला)
बागमती: प्रमिला बज्राचार्य (चित्रकला)
गण्डकी: शशिध्वज तुलाचन (परम्परागत थाङ्का)
कर्णाली: थेकक्षेक तामाङ (चित्रकला/हस्तकला)
सुदूरपश्चिम: मित्थु चौधरी (चित्रकला/मूर्तिकला)
समारोहमा अन्य विभिन्न राष्ट्रिय पुरस्कारहरू समेत प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *