सिन्धु साहित्य सङ्गमको छैठौँ भर्चुअल सिर्जना वाचन सम्पन्न
काठमाडौँ, ४ साउन । सिन्धुपाल्चोकका कविहरूद्वारा स्थापित ‘सिन्धु साहित्य सङ्गम’ले आयोजना गर्दै आएको भर्चुअल सिर्जना वाचनको छैठौँ श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ।
प्रत्येक महिनाको पहिलो शुक्रबार साँझ आयोजना गरिने गरी २०८१ माघ महिनामा प्रारम्भ गरिएको सो कार्यक्रमको संयोजकत्व साहित्यकार डा. भारद्वाज मित्रले गर्नुभएको थियो भने प्रमुख अतिथि जन साहित्य संघकी अध्यक्ष प्राज्ञ साहित्यकार नर्मदेश्वरी सत्याल हुनुहुन्थ्यो ।
अतिथि तथा कविहरूलाई स्वागत एवं कार्यक्रम सञ्चालन कवि त्रिलोचन आचार्यले गर्नुभएको थियो । कार्यक्रममा सिन्धुका बरिष्ठ साहित्यकारहरु एवं कविहरू जयराम पराजुली, नरेन्द्रराज पौडेल, जगन्नाथ आचार्य, केशवलोचन शर्मा, दिनेश दुलाल, रत्न उप्रेति, राधाकृष्ण श्रेष्ठ, उध्दव प्याकुरेल, लक्ष्मण तिमिल्सिना, राधिका सापकोटा, इन्द्रमणि नेपाल, रमेश पौडेल, शिवप्रसाद पौडेल, साधुराम नेपाल, दिल कार्की, दिपेन्द्र श्रेष्ठ, साहित्यिक रचना तथा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथि जन साहित्य संघकी अध्यक्ष प्राज्ञ साहित्यकार नर्मदेश्वरी सत्यालले वाचित कविताको समीक्षात्मक टिप्पणी कार्यक्रमबारेमा सुझावहरु दिँदै शुभकामना दिनुभएको थियो । उहाँले नारी स्रस्टाहरु समेतलाई सहभागी गराउने व्यवस्थाको लागि आग्रह गर्नुभयो । पुराना राजनीतिज्ञ एवं कवि जयराम पराजुलीले अन्न मुख्य धन शीर्षकको कविता सुनाउनु भयो । वरिष्ठ कवि साहित्यकार नरेन्द्रराज पौडेलले व्यंग कविता सुनाउनु भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार जगन्नाथ आचार्यले किसान र नोकरी चाहिँदैन शीर्षकका कविता सुनाउनु भएको थियो । सो कार्यक्रमको कवि रत्न उप्रेतिले साउने लुतोको गीत सुनाएर कार्यक्रमको सुभारम्भ गराउनु भएको थियो ।
साहित्य अनुरागी समाजसेवी तथा राजनैतिक व्यक्तित्व राधाकृष्ण श्रेष्ठले कार्यक्रमलाई शुभकामना दिनुभएको थियो । कवि उध्दव प्याकुरेलले भुजंगप्रयात् छन्दमा झर्ना लीला कविता सुनाउनु भयो । कवि लक्ष्मण तिमिल्सिनाले मभित्र भन्ने कविता प्रस्तुत गर्नु भएको थियो । कवि राधिका सापकोटाले गजल सुनाउनु भएको थियो, कवि इन्द्रमणि नेपालले भानुभक्त सम्बन्धी कविता सुनाउनु भएको थियो । कवि रमेश पौडेलले साउन शीर्षकको कविता सुनाउनु भयो ।
कवि शिवप्रसाद पौडेलले नबिर्स शीर्षकको कविता, कवि दिल कार्कीले कवि पशुपतिनाथ पौडेलका २ श्लोक सुनाउँदै पैसा कमायौ भने शीर्षकको शार्दुलविक्रीडित छन्दको कविता सुनाउनु भयो । कवि केशब लोचन शर्माले म त भुइँमान्छे शीर्षकको कविता सुनाउनु भएको थियो । कवि दीपेन्द्र श्रेष्ठले काठमाडौँको जाम शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । कवि साधुराम नेपालले केही फुटकर कविता, साहित्यकार पत्रकार दिनेश दुलाल सिन्धु सिरुवारेले मै हूँ किसान शीर्षकको कविता सुनाउनु भयो कवि त्रिलोचन आचार्यले मनोरमा.छन्दको समय खै कता हराउँछस् शीर्षकको कविता सुनाउनु भएको थियो कवि कृष्ण सुवेदी भारव्दाज मित्रले कविता सुनाउँदै सहभागीहरुलाई धन्यवाद प्रदान गर्ने र कार्यक्रमको समापनको घोषणा गर्नुभयो ।
प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने यो श्रृङ्खलाको आगामी कार्यक्रम भाद्र महिनाको पहिलो शुक्रबार हुने जानकारी गराइएको छ।