भक्तपुरमा दुई दिदीबहिनीले गरे एउटै डाेरीमा आत्महत्या

काठमाडौं, ८ साउन । भक्तपुर दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् ।

सुर्खेत घर भई भक्तपुर बस्ने दुई दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

जिल्ला प्रहरीका कार्यालय भक्तपुरका अनुसार कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारमा डेरामा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त, थिमीका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ ।उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र कलंकीमा आन्टीहरु बस्ने गरेको प्रहरीले जनाएकाे छ ।