दानबहादुर कार्कीलाई हटाउने निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार, यस्तो छ कारण
काठमाडौं, ९ मंसिर । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उहाँलाई हटाएपछि मनोजकुमार केसीलाई आईजीपी बन्नुभएको थियो ।
उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
रिट निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशको मागसँग अन्तर्निहित कानुनी प्रश्नहरू तत्काल अन्तरिम आदेशबाट नभई रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएको अदालतले स्पष्ट पारेको छ । अन्तरिम आदेश जारी नगरे पनि अदालतले मुद्दालाई उच्च प्राथमिकता दिँदै छिटो किनारा लगाउने बाटो खोलेको छ ।
