एथलेटिक्स संघको निर्वाचन रोक्न माग
काठमाडौं, ११ साउन । का पूर्व पदाधिकार तथा सरोकारवालाले नेपाल एथलेटिक्स संघ अबैधानिक रहेको भन्दै सरोकारवालाहरुले निर्वाचन रोक्न माग गरेका छन् ।
एथलेटिक्स संघका पूर्व पधाधिकारीहरुले आइतबार पत्रकार सम्मेलन गरी संघवरिुद्ध उच्च अदालत पाटनमा दायर भएको रिटको फैसला आएपछि र निस्पक्ष छानवीन सकेपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरे । २०८० साल जेठ ३० गते गठन भएको नेपाल एथलेटिक्स संघ, तदर्थ कमिटीका बहुमत सदस्यले राजीवविक्रम शाह संयोजक रहेको संघमाथि उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
पत्रकार सम्मेलनमा शाह संयोजक रहेको संघले कानुन विपरित राष्ट्रिय खेलकुद परिषद्बाट विधान स्वीकृत नगरार्ई गैरकानुन विधानको आधारमा देशका विभिन्न जिल्ला र प्रखदेशका पदाधिकारीलाई भ्रम र प्रलोभनमा पारेर अवैध कमिटी गठन गरिरहेको आरोप लगाइएको छ ।