भारत र इङ्गल्यान्डबिचको चौथो टेस्ट बराबर
म्यान्चेस्टर, १२ साउन । इङ्गल्यान्ड र भारतबिचको चौथो टेस्ट बराबरीमा सकिएको छ । इङगल्यान्डले पहिलो पालिमा ६६९ रन बनाएपछि भारत दोस्रो पालि सुरु हुनुअघि हारतर्फ अग्रसर थियो ।
कप्तान शुभमन गिल, रविन्द्र जडेजा र वासिङटन सुन्दरको शतक र केएल राहुलको ९० रनको पालिले भारतले दोस्रो पालिमा चार विकेटको क्षतिमा ४२५ रन बनाएर खेल बराबर गर्यो । पाँचौँ तथा अन्तिम दिनको खेल सकिँदा भारत ११४ रनले अगाडि थियो । भारतले पहिलो पालिमा ३५८ रन बनाएको थियो ।
गिलले सात घन्टा ब्याटिङ गरेर १०३ रन बनाए । यसैगरी जडेजा १०७ र अलराउन्डर सुन्दर १०१ रनमा अविजित रहे । सुन्दरको यो पहिलो टेस्ट शतक भएको छ ।
पाँच खेलको टेस्ट शृङ्खलामा इङ्गल्यान्ड २–१ ले अगाडी छ ।
तस्बिर सौजन्यः एपी