एनपिएलबाट क्यानलाई करीब साढे दुई करोड नाफा

काठमाडौँ, १५ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) बाट साढे दुई करोड नाफा भएको जनाएको छ ।

मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपिएलको आयव्यय विवरण सार्वजनिक गरेको हो । एनपिएलबाट क्यानका लागि आम्दानी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपियाँ रहेको छ । पहिलो संस्करणमा कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपियाँ आम्दानी भएको छ । कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपियाँ रहेको छ । आम्दानी बाँडफाँडपछिको कूल नाफा सात करोड ५३ लाख ९१ हजार २५९ रुपियाँ छ ।

त्यसपछिको नाफा तीक करोड १६ लाख ५० हजार ७८९ रुपियाँ हुन आउँछ । आठ फ्रेञ्चाइज टोलीलाई ५० प्रतिशत आम्दानी बाँडफाँड गरिएको छ । जुन चार करोड ३७ लाख ४० हजार ४७० रुपियाँ हुन आउँछ । यसैगरी प्रदेशलाई पनि ७० लाख रुपियाँ आम्दानी बाँडफाँड गरिएको छ ।