एसियाली पारा तेक्वान्दोमा पलेशालाई काश्य पदक
काठमाडौँ, साउन १६ गते । नेपालकी पाराओलम्पिक पदक विजेता पलेशा गोवर्धनले शुक्रबार दशौँ एसियाली पारा तेक्वान्दो च्याम्पियन्सीप (जी ४)मा काश्य पदक जितेकी छन् ।
प्रशिक्षक दिएको जानकारी अनुसार मलेसियाको कुचिङमा भएको प्रतियोगिता पलेशा सेमिफाइनलमा चिनकी लि युजीसाग १४–० ले हारेपछि काश्यमा सीमित भइन् । पलेशोको यो अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा पाँचौँ पदक भएको छ । जसमा दुई स्वर्ण र तीन काश्य पदक रहेको छ । पलेशाले युथ एसियन गेम र एसियाली पारा ओलम्पिक छनोटमा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी पलेशाले पारा ओलम्पिक २०२४, एसियन गेम २०२२ र एसियन पारा तेक्वान्दो २०१८ मा काश्य पदक हासिल गरेकी थिइन् ।
प्रशिक्षक नेगीले पनि आफ्नो प्रशिक्षकत्वमा नेपालालाई कूल १२ पदक दिलाउन सफल भएका छन् । जसमा तीन स्वर्ण, दुई रजत र सात काशय पदक छ ।
पलेशाले काश्य पदक जित्ने क्रममा क्वाटरफाइनलमा उज्बेकिस्तानकी कामोला जुराएभालाई २३–६ स्कोरले पराजित गरेकी थिइन् । कोमालाविरुद्ध पहिलो राउन्ड १०–६ ले जितेकी पलेशाले दोस्रो राउन्ड सजिलै १३–० ले आफ्नो पक्षमा पारेकी थिइन् ।