अन्तिम टेस्टमा भारत छ रनले विजयी
लन्डन, साउन १९ गते । तेज बलर मोहम्मद सिराजले पाँच विकेट लिएपछि भारतले पाँचौँ तथा अन्तिम टेस्ट छ रनले जितेको छ । यस नतिजासँगै पाँच खेलको शृङ्खला २–२ ले बराबर भयो । भारतको टेस्ट क्रिकेटमा सबभन्दा कम अन्तरको जित भएको छ ।
इङगल्यान्डलाई अन्तिम दिन सोमबार चार विकेट बाँकी रहेको अवस्थामा जितका लागि मात्र ३५ रन आवश्यक थियो । तर ३७४ रनमो लक्ष्य पछ्याएको घरेलु टिम इङगल्यान्ड ३६७ रनमा अलआउट भयो ।
सिराजले गस एटिक्सनर्लाइ बोल्ड गरेर इङगलन्डको पालि समाप्त पारे । सिराजले अन्तिम दिन चारमध्ये तीन विकेट लिए । अर्का तेज बलर प्रसिद्ध कृष्णाले पनि तीन विकेट लिएर सिराजलाई उचित साथ दिए । पहिलो पालिमा पनि चार विकेट लिने सिराज नै प्लेअर अफ दि म्याच बने ।