एनपिएल अक्सन

आदिलसहित चार क्रिकेटरलाई अधिकतम रकम

काठमाडौँ, २४ साउन । फ्रेञ्चाई क्रिकेट लिगको प्रमुख विशेषतामध्ये एक अक्सन पनि हो । सोही प्रावधानमार्फत् एनपिएलमा सहभागी आठ टिमले खेलाडी अक्सनबाट खेलाडीहरुलाई आआप्mनो टिममा भित्र्याएका छन् ।

अक्सनमा ए क्याटागोरीमा रहेका आठमध्ये चार जना देव खनाल, अर्जुन साउद, पवन सराफ र आदिल अलाममा सर्वाधिक १५ लाख रुपियाँको बोली लाग्यो ।

स्पट फिक्सिङ निलम्बनबाट फुकुवा भएका अलराउन्डर आदिलमाथि आठै टिमले इच्छा देखाएका थिए । आदिल गोलाप्रथामार्फत् काठमाडौँ गोर्खाजमा आवद्ध भए । यु१९ राष्ट्रिय टिमका पूर्व कप्तान देव लक्की ड्रबाट चितवन राइनोजमा पुगे । प्रारम्भिक ब्याट्सम्यान अर्जुन पनि लक्की ड्र मै चितवनमा आवद्ध भए ।

पवनमाथि चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले बोली लगाए । जसमा कर्णाली लक्की ड्रमा पवनलाई भित्र्याउन सफल भयो । गत सत्रमा अलराउन्डर पवन चोटका कारण अक्सनमै समावेश भएका थिएनन् । ए क्याटोगोरीका अन्य खेलाडी विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ र स्पीनर सुर्य तामाङ बेस प्राइस दस लाखमा क्रमशः लुम्बिनी र विराटनगरमा पुगे ।

क्याटगोरी एमा ‘बेस प्राइस’ दस लाख र अधिकतम रकम १५ लाख रुपियाँ रहेको थियो । यसैगरी बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम दस लाख तथा सी ग्रेडका क्रिकेटका लागि न्यूनतम दुइ र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अक्सनबाट कुल ३७ क्रिकेटर बिक्री भए ।

सुदुरपश्चिम रोयल्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले पाँच–पाँच र पोखरा एभेन्जर्स, कर्णाली याक्स र च्याम्पियन जनकपुर बोल्ट्सले चार–चार खेलाडी आआफ्नो टिममा भित्र्याएर घरेलु क्रिकेटरको कोटा पूरा गरे ।

एनपीएलको नियम अनुसार सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो । जसमध्ये प्रायः टिमले आधाभन्दा बढी रकम खेलाडी रिटेनमै खर्च गरिसकेको थियो । विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन । सबै टिममसक्ष अझै अधिकतम पाँच विदेशी खेलाडी टिममा भित्र्याउने अवसर छ ।

अक्सनमा विक्री भएका क्रिकेटर

काठमाडौँः आदिल आलम (१५ लाख), सन्तोष यादव (१० लाख), आकास त्रिपाठी (७ लाख), उत्तम थापा मगर (३ लाख), तुलबहादुर थापा (२ लाख) ।

चितवनः देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रञ्जित कुमार (२ लाख) ।

लुम्बिनी ः दिलिप नाथ (१० लाख), शेर मल्ल (१० लाख), दुर्गेस गुप्ता (५ लाख), विशाल पटेल (५ लाख), आदिल खान (२ लाख) ।

कर्णाली याक्स ः पवन सराफ (१५ लाख), युवराज खत्री (१० लाख), इमरान शेख (२ लाख), दिपक डुम्रे (२ लाख) ।

विराटनगर ः सुर्य तामाङ (१० लाख), साहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख), शंकर राना (५ लाख), श्रवन किस्कु (२ लाख) ।

पोखरा ः अर्जुन कुमाल (५ लाख), अभिषेक तिवारी (२ लाख), कृष्ण पौडेल (२ लाख), सन्दीप खत्री क्षेत्री (२ लाख) ।

जनकपुर ः मयन यादव (७ लाख ७५ हजार), विकास आग्री (५ लाख), आदित्य महता (५ लाख), सचिन भट्ट (२ लाख)

सुदूरपश्चिम ः हेमन्त धामी (१० लाख), दिपक बोहरा (५ लाख०, मिलन बोहरा (५ लाख), टेकबहादुर रावत (२ लाख) र दिपेन्द्र थापा (२ लाख) ।