मलेसियामा अशोक सर्वश्रेष्ठ रेफ्री घोषित
काठमाडौं, २५ साउन । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आइतबार आठौँ गेविन मलेसिया ओपन तेक्वान्दो याम्पियन्सीपमा उत्कृष्ट रेफ्री घोषित भएका छन् ।
मलेयिाको क्वालाम्पुरमा शनिबार र आइतबार भएको दुई दिने प्रतियोगितामा नेपाली खेलाडहरुको पनि सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालले शनिबार तीन स्वर्ण र एक रजत पदक जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा केनिन खड्का, गोविन्द योन्जन र आयुष बोहराले स्वर्ण पदक जित्नुभयो । यसैगरी सन्दीप बस्नेत रजत पदकमा सीमित बने ।
अशोकले अब अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अगस्ट १४ देखि १७ सम्मगोल्डकोस्टस्थित कारा रंगशालामा हुने प्रतियोगिता सञ्चालन गर्न अशोक मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्नेछ । उहाँले अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लुटी प्रेसिटेन्ड कप ओसिएना, डब्लुटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फक प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनमा रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।
अशोकले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्ने बताइएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायक बनिसकेका छन् ।