अर्थ मन्त्रालयका ६८ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं, ४ भदाै । अर्थ मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत ६८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेको हो।

कर्मचारी प्रशासनको जिम्मेवारी सम्हाल्ने सामान्य प्रशासन मन्त्रालयले गरेको यो सरुवालाई नियमित प्रक्रियाका रूपमा लिइएको छ।

सरुवा सूचीअनुसार, विभिन्न विभाग, राजस्व कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र अन्य निकायमा उपसचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ।