टेनिसकी माहिका र बास्केबलका बुर्काले एथलेटिक्स फोरममा भाग लिने

काठमाडौँ, १५ भदौ । टेनिसकी माहिका राणा र बास्केटबलका बिजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् । कार्यक्रम काजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले त्यस अवसरमा सुभकामना व्यक्त गर्दै कार्यक्रमबाट सिकेको नेपाली खेलकुद विकासमा मात्र उपयोग गर्नु बताए ।