नजिकिँदै गरेकाे इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको रथ तयार हुँदै
काठमाडौँ, १८ भदाै । यस वर्षको इन्द्रजात्रा बिहीबारदेखि विधिवतरूपमा सुरु हुँदै छ । इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको छुट्टाछुट्टै रथ तयार गरिन्छ ।
इन्द्रजात्राको प्रमुख आकर्षणका रूपमा रहेका यी तीन जीवित देवताका रथहरूको निर्माण कार्य सम्पन्न भइसकेको छ।
यस वर्ष इन्द्रजात्राको मुख्य दिन शनिबार परेको छ। त्यसअघि जीवित देवी कुमारी, गणेश र भैरवलाई रथमा विराजमान गराई काठमाडौँ शहर परिक्रमा गराइनेछ।
रथ सजावटको काम भने शनिबार अर्थात् इन्द्रजात्राकै दिन मात्रै गरिनेछ। यससँगै वसन्तपुर क्षेत्रको सरसफाइको काम पनि तीव्र गतिमा भइरहेको छ।
विभिन्न मठमन्दिर तथा अन्य संरचनाहरूमा अहिले जेट स्प्रे प्रयोग गरी सफा गर्नुका साथै रंगरोगन पनि गरिँदै छ।