नेपाल एफसी यु २३ एसियन कप छनोटको होडबाट बाहिर

काठमाडौँ, २१ भदौ । नेपाल एफसी यु २३ एसियन कप छनोटबाट विदा भएको छ । नेपाल शनिबार सिरियासँग ४–२ ले पराजित भयो । नेपालको यो लगातार यो दोस्रो हार भएको छ । पहिलो खेलमा नेपाल घरेलु टिम ताजिकिस्तानसँग ४–० ले हारेको थियो । नेपालले अब अन्तिम खेल मङगलबार फिलिपिन्ससँग खेल्नेछ ।

ताजकिस्तानको डुसन्बीस्थिति रिपब्लिक सेन्ट रङगशालामा नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गरे । खेलको ५६ औँ मिनेटमा निराजनले डिबकसबाहिरबाट दर्शनीय गोल गरेका हुन् ।

खेलको ६६ औँ मिनेटमा सुमीतले सिरियाका गोलरक्षकसँगको वन भर्सेज वनमा गोल गरे । सुमितको गोलले नेपाल २–१ ले अगाडी भएको थियो । तर नेपालले अग्रता जोगाउन सकेन । सिरियाका लागि अलमुस्तफाले (२६औँ मिनेट), अलरिना (७३ औँ मिनेट), अलसवाद (८१ औँ मिनेट) र नयफ (९० औँ मिनेट)ले गोल गरे । सो खेलमा दिपेश गुरुङ र सन्तोष खत्रीका प्रहार गोलपोस्टमा लागेर फर्केको थियो ।