हेटौंडामा पनि जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा, २४ भदौ । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।
हेटौंडा र जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् । प्रदर्शनले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका छन् ।
हेटौंडाको १६ नम्बर वडास्थित हटियामा पनि प्रदर्शन जारी छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा छुट्टाछुट्टै समूहमा प्रदर्शन भएको छ । प्रहरीले हेटौंडाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।