यस वर्षकाे इन्द्रजात्रा क्षमापूजासहित समापन (भिडियाेसहित)
काठमाडौँ, २६ भदौ । यस वर्षको इन्द्रजात्रा क्षमापूजासहित समापन गरिएकाे छ । गुठी संस्थानले काठमाडौँ उपत्यकाको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गरेकाे हो ।
जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याएर सकाएकाे संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्मा जानकारी दिनुभयो ।
(भिडियाे आदित्य श्रेष्ठ मैत्री न्यूज)