एसिया कपमा बङगलादेशको विजयी सुरुआत
आबुधावी (संयुक्त अरब इमिरेट्स), २७ भदौ । एसिया कपमा बङगलोदशले बिहबार राति हङकङकलाई सात विकेटले हराएको छ । एसोसिएट टिम हङकङको यो लगातार दोस्रो हार हो । यसअघि, अफगानिस्तानसँग पनि हङकङ पराजित भएको थियो ।
बङगलादेशले टस जितेपछि पहिले ब्याटिङ गर्न बाध्य भएको हङकङले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा १४३ रन बनाएको थियो । लिटनले तेज गतिमा ५९ रन बनाएपछि बङगलादेशले १७.२ ओभरमा तीन विकेटको क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्यो । यस नतिजासँगै समूह बीमा बङगलादेशले विजयी सुरुआत गर्न सफल भएको छ । सो खेलमा बङगलादेशी कप्तान लिटन प्लेअर अफ दि म्याच घोषित हुनुभयो ।
एपी