भारतले पाकिस्तानलाई हरायो
दुबई, ३० भदौ । स्पीनरहरुको शानदार प्रदर्शनपछि कप्तानले प्रेरणादायी पालि खेल्दा एसिया कपमा भारतले आइतबार राति पाकिस्तानलाई सात विकेटले हराएको छ ।
पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा नौ विकेटको क्षतिमा १२७ रन बनाएको थियो ।
पाकिस्तानले छ रनमै दुई विकेट गुमाएर कमजोर सुरुआत गरेको थियो । त्यसपछि कुलदिप र अक्सरले लगातार विकेट लिएपछ पाकिस्तानले १२.५ ओभरमा मात्र ६४ रन बनाउँदा छ विकेट गुमायो ।
शाहिन आफ्रिदीले चार छक्कासहित १६ बलमा अविजित ३३ रन बनाएपछि मात्र पाकिस्तानले एक सय रन कटाउन सफल भएको हो । कुलदीपले चार ओभरमा १८ रन खर्चेर तीन र अक्सरले १८ रन दिएर दुई विकेट लिए ।
भारतले १५.५ ओभरमा तीन विकेटको क्षतिमा १३१ रन बनाएर लक्ष्य हािसल गर्यो । सोही दिन ३५ वर्ष पुगेका भारतीय कप्तान सूर्यकुमार यादवले आफ्नो जन्मदिनमा ३७ बलमा ४७ रनको अविजित पालि खेलेर भारतलाई जित दिलाए । सुर्यकुमारको पालीमा ५ चौका र एक छक्का सामेल थियो ।
प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्माले चार चौका र दुई छक्कासहत १३ बलमा ३१ रनको विस्फोटक पालि खेले । प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल (१० रन) अयुबको बलिङमा आट भए । त्यसपछि स्पीनर अयुबले अभिषेक र तिलक वर्मालाई पनि आउट गरे ।