एनपिएलको उद्घाटन खेलमा टिकट विक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा
काठमाडौँ, २ असोज गते । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
नेपाल क्रिकेट संघले बिहीबार सो खेलको रकम राहत कोषमा जम्मा गरिने घोषणा गरेको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदेछ ।
प्रतियोगितामा गत विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रस्पिर्धा गर्नेछन् ।