एसिया कपमा छोराको खेल हेर्दाहेर्दै बुबाको हृदयघातले निधन
आबु धाबी, ३ असोज । एसिया कपअन्तर्गत श्रीलङ्का र अफगानिस्तानबिच बिहिबार राति खेल भइरहेको बेला अलराउनन्डर दुनीथ वेलालगेका बुबा सुरङगा वेलालगेको हृदयघातले निधन भएको छ ।
श्रीलङ्कास्थित आफ्नै घरमा खेल हेरिरकै बेला उहाँको हृदयघात भएको बताइएको छ । श्रीलङ्काका सञ्चारमाध्यमहरुले अफगानिस्तानका मोहम्मद नावीले अन्तिम ओभरमा दुनीथको बलिङमा पाँच छक्का प्रहार गरेपछि सुरङगालाई हृदयघात भएको उल्लेख गरेका छन् ।
दुनीथलाई खेल सकिएपछि बुबाको निधन भएको जानकारी दिइएको थियो । सो खेल सकिएछि दुनीथ प्रतियोगिता बिचमै छोडेर श्रीलङ्का फर्केका छन् ।