अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक तथा प्रशिक्षक अधिकारी सम्मानित
काठमाडौँ, ४ असोज । गोठाटार तेक्वान्दो डोजाङले शनिबार तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक जगन अधिकारीलाई समम्मान गरेको छ ।
गोठाटार तेक्वान्दो डोजाङले खेलाडिहरुको ग्रेडिङ सर्टिफिकेट बितरणमा गरेको विशेष कार्यक्रममा तेक्वान्दोमा निरन्तर समर्पणको कदर गर्दै अधिकारीलाई सम्मान गरेको हो । गोठाटार तेक्वान्दो डोजाङका संस्थापक प्रेम भण्डारी र सल्लाहकार तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाङगीले सम्मान पत्र हस्तान्रण गरे ।
अधिकारीले नेपाल आएको अवसरमा खेलकुदकर्मीहरुलाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको सम्मानित हुन पाउँदा हर्षित छु, भन्नुभयो । अधिकारी संयुक्त अरब इमिरेट्सको आबुधावीमा प्रशिक्षकाको रुपमा पनि कार्यरत् छन् ।
युएइका पहिलो नेपाली तेक्वादो राष्ट्रिय रेफ्री अधिकारी पाँचौँ डान ब्ल्याकबेल्टधारी पनि हुन् ।