एसिया कप सुपर चारमा भारतले पाकिस्तानलाई हरायो

दुबई, ६ असोज । भारतले एसिया कप सुपर चारमा पाकिस्तानलाई छ विकेटले हराएको छ । प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्माले ३९ बलमा ७४ रनको पालि खेलेपछि आइतबार राति भारतले सुपर चारमा विजयी सुरुआत गर्यो । समूह चरणमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको थियो । भारतले १८.५ ओभरमा चार विकेटको क्षतिमा १७४ रन बनाएर लक्ष्य हासिल गर्यो ।

अभिषकेले कूल पाँच छक्का पर छ चौका प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले आठ चौकासहित २८ बलमा ४७ रनको पालि खेले ।

पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान साहिबजादा फरहानले ४५ बलमा सर्वाधक ५८ रन बनाए । पाकिस्तानले सुरुको दस ओभरमै मात्र एक विकेटको क्षतिमा ९० रन बनाइसकेको थियो । तर मध्यसमयमा पाकिस्तानले लय गुमायो । यद्यपि अलराउन्डर फहिम असरफ र कप्तान सलमान आगाले पालिको अन्ततिर तेज गतिमा क्रमशः २० र १७ रन बनाएपछि पाकिस्तानले पालिको समाप्ति उचित ढङगले गरेको थियो ।

भारतका लागि शिवम दुवेले दुई तथा हार्दिक पाण्ड्या र कुलदिप यादवले एक–एक विकेट लिए ।