पाकिस्तानको एसिया कप फाइनल पुग्ने सम्भावना कायम

दुबई, ८ असोज । पाकिस्तानले मङ्गलबार राति श्रीलङकालाई पाँच विकेटले हराएर एसिया कपको फाइनलमा पुग्ने सम्भावनालाई जिवित राखेको छ । सुपर फोरअन्तगन्तर्गत पाकिस्तान र श्रीलङ्का आआफ्नो पहिलो खेलमा पराजित भएपछि दुवैका लागि यो खेल गर या मरको थियो । सुपर फोरअन्तर्गत पहिलो खेलमा भारतले पाकिस्तान र बङगलादेशले श्रीलङ्कालाई हराएको थियो ।
पाकिस्तानको जितमा तेज बलर साहिन शाह अफ्रिदी, अलराउन्डर हसन तलट र स्पीनर अब्रार अहमद नायक बने । पहिले ब्याटिङ गरेको श्रीलङ्काले आठ विकेटको क्षतिमा १३३ रन मात्र बनाउन सकेको थियो ।
आफ्रिदीले ३८ रनमा तीन विकेट लिए । मध्यम गतिका तेज बलर तलटले दुई बलमा लगातार दुई विकेट हात पारे । यसैगरी स्पीनर अब्रारले चार ओभरमा मात्र आठ रन खर्चेर एक विकेट लिएका थिए । श्रीलङ्काका लाग कामिन्डु मेन्डिसले सर्वाधिक ५० रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद नवाजले आउट नभइकन सबभन्दा बढी ३८ रन बनाए । दुई विकेट लिने तलटले अविजित ३२ रनको पनि पालि खेले । तलट नै प्लेअर अफ द म्याच घोषित भए । पाकिस्तानले दुई ओभर बाँकी छँदै पाँच विकेटको क्षतिमा १३८ रन बनाएर लक्ष्य हासिल गर्यो । श्रीलङ्काकालागि स्पीनर महिश थिस्काना र वानिन्डु हसरङगाले दुई–दुई विकेट लिए ।