पूर्व गृहमन्त्री लेखकलाई मातृशोक
काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँकाे ह्याम्स अस्पतालमा निधन भएको हो ।
८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ ।