अर्थ मन्त्रालयमा सबै टिप्पणी आजदेखि डिजिटल हुने
काठमाडाैं, १० असाेज । अर्थ मन्त्रालयले आजदेखि डिजिटल टिप्पणी सुरू गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार आजदेखि सबै टिप्पणी डिजिटल प्रविधिमा रूपान्तरण गरिएकाे
जानकारी गराउनुभएका छन् ।
डिजिटल टिप्पणी सुरू हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो।
पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो।
अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि शुक्रबारबाट सुरू गरिएको हो।