छ महिला क्रिकटरले मलेसियामा इन्टरस्टेट टी–२० च्याम्पियनसिप खेल्ने
काठमाडौँ, २४ असोज । नेपालका छ महिला क्रिकेटरले मलेसियामा हुने एमसीए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मलेसियन क्रिकेट संघको आयोजनामा यही अक्टोबर १८ देखि २८ सम्म क्वालालम्पुरमा हुने प्रतियोगितामा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुवँरले खेल्नेछन् ।
सीता, कविता जोशी र राजमतीले सेलाङ्गर क्रिकेट एसोसिएसन तथा रुबिना, पूजा र कविता कुवँरले सरावक क्रिकेट एसोसिएसनबाट खेल्नेछन् ।