एमाले सचिवालय बैठक सुरू

काठमाडाैं, २६ असाेज । नेकपा (एमाले) को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरू भएको छ।

शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएपनि अध्यक्ष ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो।

आज सुरू भएको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नुहुनेछ। शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राख्नुभएकाे थियाे ।

वरिष्ठ उपाध्यक्षसहित उपमहासचिवसम्मले त्यसमाथि धारणा राख्नभएकाे थियाे । शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बरालले धारणा राखेका छन्। त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले पनि धारणा राख्नुभएकाे थियाे ।

उपाध्यक्ष त्रय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले बैठकमा अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टीलाई नयाँ आयामबाट उठाउनुपर्ने धारणा राखेका राख्नुभएकाे छ । गुरू बराल, शंकर पोखरेल र प्रदीप ज्ञवालीबाहेक अरू बोल्ने सदस्यहरूले पनि पार्टी पुनर्गठनको पक्षमा आवाज उठाउनुभएकाे थियाे ।

आज उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले क्रमस आफ्नाे धारणा राख्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *