पूर्वसभामुख महराकाे थुनछेक बहस आज
काठमाडौं, २८ असोज । सुन तस्कर प्रकरणका आरोपी पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुँदैछ । थुनछेक बहसपछि न्यायाधीशले महरालाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।
सुन तस्करी प्रकरणमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता गरेकाे थियाे ।
उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।