इङगल्यान्ड युरोपबाट विश्वकपमा पुग्ने पहिलो टिम
लन्डन, २९ असोज । कप्तान हेरी केनले दुई गोल गरेपछि इङगल्यान्डले लात्भियालाई ५–० ले हराएर फिफा विश्वकपमा स्थान बनाएको छ । इङगल्यान्ड युरोपेली समूहबाट विशवकपमा पुग्ने पहिलो टिम बनेको छ । इङगल्यान्ड दुई खेलअघि नै विश्वकपमा पुगेको हो ।
लगातार छैटौँ पटक विश्वकपमा पुगेको इङगल्यान्डले छनोट चरणअन्तर्गत छ खेलमा एक गोल पनि वेहोरेन । इङगल्यान्डका लाग एनथोनी गोर्डेन र इबेरेची इजेले पनि गोल गरे । इङगल्यान्डलाई एक गोल आत्मघाती रुपमा प्राप्त भएको थियो ।