कर्णाली याक्स र नेबिकोबिच सहप्रयोजन सम्झौता
काठमाडौँ, ३० असोज । नेपाल प्रिमयर लिग (एनपिएल) टिम कर्णाली याक्स स्पोर्टस् प्रा.लि. र नेबिको लिमिटेडबिच बिहिबार एक कार्यक्रमबिच सहप्रायोजन सम्झौता भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले सम्झौतापत्र आदानप्रदान गरे । सम्झौता रकम भने खुलाएको छैन ।
ज्ञानेन्द्र मल्लको प्रशिक्षकत्वमा रहेको कर्णालीमा सोमपाल कार्मी मार्की खेलाडी रहेका छन् । यसैगरी गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई कर्णालीले रिटेन गरिसकेको छ । एनपिएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गते सुरु हुँदैछ ।