तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घट्यो, कतिमा भयाे काराेबार ?

काठमाडौं, ९ कात्तिक । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको हाे।

तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो। असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ। एक औंस बराबर २.४३ तोला हुन्छ।