८० वर्षिया पूर्वप्रधानमन्त्री खालिदाले चुनावमा ३ वटा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने

काठमाडौँ, कार्तिक १८ ।  बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरूले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिनुभयो । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उहाँको भनाइ छ । उहाँलाई बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ । तर, हाल उहाँको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ ।

सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् । तीन पटक बङ्गलादेश सरकारको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् ।

हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा हसिनाका छोरा तारिक रहमान (तारिक जिया) लाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो । ५९ वर्षीय तारिक रहमान (तारिक जिया) सन् २००८ देखि बेलायतमा बस्दै आएका छन्। हसिनाको पतनपछि रहमानलाई उनीविरुद्धको गम्भीर आरोपबाट मुक्त गरिएको छ ।

दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ । सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो ।

मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। उनी सन् १९७७ मा राष्ट्रपति बन्नुभएको थियो। उहाँलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो । त्यसबेला दुई सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाउनुभएको थियो ।

सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बन्नुभएको थियो । उहाँले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादको विरुद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गर्नुभएको थियो ।

त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *