सुनको भाउमा गिरावट जारी, दुई दिनमा २५ सयले घट्यो

काठमाडौं, १९ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ बुधबार ११ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

यसरी दुई दिनमा सुनको भाउ २५ सय रुपैयाँ घटेको छ । असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको सुनको भाउ हालसम्म २० हजार ८ सय रुपैयाँले घटिसकेको छ ।

चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ ।