दृष्टिविहिन महिला विश्वकप टि–२० क्रिकेटको उम्पायरमा नेपालका रबिन्द्र गुप्ता

काठमाडौं, कात्तिक २३ गते । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि–२० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन् ।

उनी भोली भारत प्रस्थान गर्दैछन् भने भारतवाट नै १४ नोभेम्वर श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नोभेम्वर ११ (कार्तिक २५) भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्वर २३ (मंसिर ७) गते हुनेछ । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन महिला विश्वकप टि–२० मा सहभागिता जनाउने छन् ।

गुप्ता नेपालबाट सिनियर टालीको विश्वकपको खेल खेलाउने नेपालको पहिलो अम्पायर हुनेछन् । यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन्।

उनले श्रीलंकामा हुने यस विश्वकपको भारत र पाकिस्तान बिचको खेलको अम्पायरिङ समेत गर्ने भएका छन् ।