चुनावका लागि ४ अर्ब ९६ करोड रूपैयाँ बजेट स्वीकृत
काठमाडौं, २८ कात्तिक । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड रूपैयाँ बजेट स्वीकृत गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको हाे ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने गरी अहिलेलाई उक्त रकम स्वीकृत गरिएकाे बताउनुभयाे ।