१५ वर्षपछि दक्षिण अफ्रिाकाले भारतमा टेस्ट खेल जित्यो
कोलकाता, ३० कात्तिक । दक्षिण अफ्रिकाले आइतबार भारतलाई पहिलो टेस्टमा ३० रनले हराएको छ ।
भारत दोस्रो पालिमा १२४ रन पछ्याउने क्रममा ९३ रनमा अलआउट भएको थियो । अफस्पीनर सिमर हार्मरले २१ रन चार, अर्का स्पीनर केशव महाराजले ३७ रनमा दुई तथा अलराउन्डर मार्को यान्सेनले १५ रनमा दुई विकेट लिए । दक्षिण अफ्रिकाले भारतको भूमिमा १५ वर्षपछि टेस्ट जितेको हो ।
दक्षिण अफ्रिकाले तेस्रो दिन नै जित हात पारेको हो । दक्षिण अफ्रिकाले पहिलो पालिमा १५९ र दोस्रो पालिमा १५३ रन बनाएको थियो । भारतले पहिलो पालिमा १८९ रन बनाएर अग्रता बनाएको थियो ।