रोनाल्डोले कीर्तिमान छैटौँ विश्वकप खेल्ने !

लिस्बन, १ मङ्सिर । विश्वकप फुटबल छनोटमा पोर्चुगल आइतबार राति आर्मेनियालाई ९–१ ले हराएको छ । आर्मेनियाविरुद्ध भएको खेलमा बु्रनो फर्नान्डेज र जोआओ नेभेसले ह्याट्रिक गरे ।

यस नतिजासँगै पोर्चुगल समूह एफ विजेता बनेर विश्वकप फुटबल २०२६ मा चयन भयो । त्यसैले अब क्रिस्टियानो रोनाल्डोले छैटौँ विश्वकप खेल्ने अवसर पाउने भएको छ । आगामी जुनमा विश्वकप हुँदा रोनाल्डो ४१ वर्षको हुनुहुनेछ । रोनाल्डोको फिटनेस राम्रो भएकोले प्रशिक्षक रोवर्टो मार्टिनेजको टिममा रोनाल्डो पर्ने पक्का जस्तै छ ।

पोर्चुगलका लागि रोनाल्डोले एक पटक युरोपियन कप र दुई पटक नेसन्स लिग जितेका छन् । तर रोनाल्डोले पोर्चुगललाई विश्वकप भने दिलाउन सकेका छैनन् ।