सिराहामा डाँका समूहले गाेली प्रहार गर्दा बाबु–छोरा गम्भीर घाइते
जनकपुरधाम, ३ मङ्सिर । सिराहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् ।
सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालकाअनुसार दुवै जनाकाे छातीमा गोली लागेको छ ।
दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।
डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।